इतिहासमा आज

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

सन् १९६२ : नेल्सन मन्डेला पक्राउ । दक्षिण अफ्रिकी रंगभेदविरोधी कार्यकर्ता र अहिंसाका अनुयायीलाई जोहानेसबर्गको उपनगर रिभोनियामा सरकारले गिरफ्तार गरेको थियो । एक वर्ष लामो सुनुवाइपछि मन्डेलालाई कुख्यात रोबेन टापु जेलमा कैद गरियो, जहाँ उनले अर्को १८ वर्ष बिताए ।

सन् १९६० : बुर्किना फासोले स्वतन्त्रता प्राप्त गर्यो । भूपरिवेष्टित पश्चिम अफ्रिकी देश सन् १९८४ सम्म माथिल्लो भोटा भनेर चिनिन्थ्यो । उक्त देश १९औँ शताब्दीको अन्तसम्म फ्रान्सेली उपनिवेश थियो ।

सन् १९६३ : आंशिक आणविक परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर । आणविक परीक्षण प्रतिबन्ध सन्धिको रूपमा पनि चिनिने यस सन्धिमा सोभियत संघ, युनाइटेड किङडम र संयुक्त राज्य अमेरिकाले मस्कोमा हस्ताक्षर गरेका थिए ।

सन् २००९ : जनरल अब्देल अजिजले मौरिटानियाका राष्ट्रपतिको रूपमा शपथ लिए । सन् २००८ मा सत्तामा आएका जनरल अजिजले सन् २००९ मा चुनावपछि मौरिटानियाको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।

सुझावित समाचार