मेटलाइफ नेपाललाई ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र

आइतबार, १९ साउन, २०८२
डिजिटल संस्करण

मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ। सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै मेटलाइफ नेपाल यो सूचीमा समावेश भएको हो।

यो उपलब्धिले मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउने बताउँदै कम्पनीले यहाँ सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्ने जनाएको छ। गत महिना, मेटलाइफका विश्वभर ३३ बजारका २४ हजारभन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए, जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डको रूपमा मानिन्छ।

नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर मेटलाइफको साझा उद्देश्य, समावेशीताप्रतिको प्रतिबद्धता र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउने बताइएको छ।

‘यो मान्यता केवल एउटा उपलब्धि होइन– हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठुलो प्रभाव पार्दछ।’

See More On

सुझावित समाचार