तीव्र उतारचढाबबिच नगन्य अंकले बढेर बन्द भयो नेप्से

कारोबार रकम साढे २१ अर्बनजिक

आइतबार, ५ साउन, २०८२
डिजिटल संस्करण

दिनभरको तीव्र उतारचढाबबिच आइतबार नेप्से परिसूचक नगन्य अंकले बढेर कारोबार बन्द भएको छ। २९ सय २२ बिन्दुसम्म पुगेको नेप्से अन्ततः ०.३२ अंकले मात्रै बढेर २८ सय ७०.९५ विन्दुमा कारोबार बन्द भएको हो।

आज क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४९ प्रतिशतले घटेको छ। ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुगेको छ।

नेप्सेका १३ समूहमध्ये पाँचवटा  समूह उकालो लाग्दा बाँकी समूह ओरालो लागेका छन्। अन्य समूह सर्वाधिक ३.३६ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरैले बढेका छन्। म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले बढेको छ। घटेकामध्ये वित्त दुई प्रतिशतभन्दा धेरैले घट्दा बैंक र उत्पादन तथा प्रशोधन एक प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

उन्नति सहकार्य लघुवित्त र सन्वी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ट्रेड टावर, शिवश्री हाइड्रो र विन्ध्यावासिनी हाइड्रोको मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। सर्वाधिक गुमाउनेमा परेको समृद्धि फाइनान्स आठ प्रतिशतभन्दा धेरैले घटेको छ।

सुझावित समाचार