आज चारवटा संसदीय समितिका बैठक हुँदै

बुधबार, १ साउन, २०८२
डिजिटल संस्करण

केही दिनका लागि संघीय  संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदै छन्। आज कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिको बैठक हुँदै छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदै छन् ।

सुझावित समाचार