‘कुलिङ पिरियड’मा भएकाे छेडखानी छानबिन गर्ने विशेष समितिका सदस्यको नाम टुंगियो

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण
‘कुलिङ पिरियड’मा भएकाे छेडखानी छानबिन गर्ने विशेष समितिका सदस्यको नाम टुंगियो

फाइल तस्बिर

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानीको विषय छानबिन गर्न गठित विशेष समितिका सदस्यहरूको नाम टुंगिएको छ।

समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ।

सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतकको बैठकले कांग्रेसको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति गरेको थियो। सहमतिअनुसार दलहरूले आज आफ्नोतर्फबाट सभामुखलाई सदस्यहरूको नामावली बुझाएका हुन्।

सुझावित समाचार