सिप्रदीबाट ई–ट्याक्सी खरिद गर्न सिद्धार्थ बैंकले सुलभ कर्जा दिने

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंकले विद्युतीय ट्याक्सी खरिद गर्नेलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बैंकबिच भएको सम्झौताअनुसार सिप्रदीअन्तर्गतका ई–ट्याक्सी खदिर गर्ने ग्राहकलाई कर्जा दिइने भएको हो ।

यो सवारीसाधन कर्जाको अवधि पाँच वर्ष हुने बताइएको छ । बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
 

सुझावित समाचार