ओखलढुंगामा सामूहिक बलात्कारको आरोपमा पाँच किशोरलाई प्रहरीले पक्राउ गरेको छ। मोलुङ गाउँपालिका– २ का पाँच किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
११ जेठमा स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि १५ देखि १७ वर्ष उमेरका पाँच किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाँचमध्ये दुईजनाले सहयोग गरेको र तीनजनाले बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ।