विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले अर्थशास्त्री डा. विश्व पौडेलविरुद्धको रिट निवेदन दरपीठकाे आदेश सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेलविरुद्धको रिट निवेदन दर्ता नगर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो।

राष्ट्र बैंकको ऐनविपरीत दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन पेस गरेका थिए। सर्वोच्च प्रशासनले उक्त निवेदन दरपीठ गरिदिएको थियो।

सुझावित समाचार