शिक्षकहरूको समस्या यथाशीघ्र समाधान गर : आयोग

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकहरूको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चिततामा बाधा उत्पन्न हुने देखिएको भन्दै आयोगले शिक्षकको समस्या समाधान गर्न भनेको हो। आन्दोलन लम्बिँदै गए एसइईको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान प्रभावित हुने आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन्।

आन्दोलनका कारण माइतीघर क्षेत्रमा १३ दिनदेखि सहज आवागमनमा समेत अवरोध भएको उल्लेख गर्दै आयोगले भनेको छ, ‘विद्यालयका शिक्षक-शिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य- मान्यताअनुकूल नै हुन्छ। तर, आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो।’

सुझावित समाचार