महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ गरेको छ । भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्य र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुनकर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुनकर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकले सदैव ग्राहकहरूको आवश्यकताअनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुनकर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।

बैंकको यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही विभिन्न नवीनतम सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा समेत ल्याएकाे छ ।

सुझावित समाचार