जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रावलसहित २० जना पुरस्कृत

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका २० जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावललगायत २० जना प्रहरी कर्मचारीलाई प्रहरी कार्यालयको निरीक्षण भ्रमणका लागि आएका कोशी प्रदेश प्रहरी प्रमुख (डिआइजी) राजन अधिकारीले पुरस्कृत गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा अनुगमनसँगै उत्कृष्ट कार्य गर्ने प्रहरी तथा कर्मचारीलाई डिआजी अधिकारीले पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बताए । 

पाथीभरा केबलकार विवाद, झडपजस्ता गतिविधि भइरहेका वेला प्रदेश प्रहरी प्रमुखले जिल्लामै आएर गरेको सम्मान र पुरस्कारलाई महत्त्वका साथ हेरिएको छ । हिरासत, कार्यालय भवन, शाखाहरू अवलोकनपछि प्रहरी कर्मचारीलाई डिआइजी अधिकारीले निर्देशन दिएका थिए ।

आचरण र व्यवहारमा सुधार ल्याई भाइचारा तथा सहयोगी भावनाको साथ आफ्नो कर्तव्य निर्वाह गर्न उनले निर्देशन दिएका छन् । डिआइजी अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षणसमेत गर्दै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएको बताइएको छ  ।  

See More On

सुझावित समाचार