चालू आर्थिक वर्ष ०८१÷८२ को पहिलो आठ महिनामा ११ खर्ब ४५ अर्बको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ११.२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १० खर्ब ३० अर्बको आयात भएको थियो ।
त्यस्तै, चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एक खर्ब मात्रै निर्यात भएको थियो । समीक्षा अवधिमा व्यापारघाटा ६.२२ प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा नौ खर्ब २९ अर्बको व्यापारघाटा पुगेकामा चालू आवको सोही अवधिमा नौ खर्ब ८७ अर्बको वस्तु निर्यात भएको छ । कुल वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेर १३ खर्ब तीन अर्ब पुगेको छ । सर्वाधिक आयात भारतबाट ६ खर्ब ८८ अर्बबराबरको भएको छ । भारततर्फ निर्यात भने एक खर्ब २५ अर्ब छ । यो अवधिमा भारतसँगको व्यापारघाटा पाँच खर्ब ६३ अर्ब छ । त्यस्तै, चीनबाट दुई खर्ब १९ अर्बको वस्तु आयात भएको छ भने वस्तु निर्यात दुई अर्ब १२ करोडको निर्यात भएको छ । चीनसँग नेपालले दुई खर्ब १७ अर्बको व्यापारघाटा व्यहोर्नुपरेको छ ।
सर्वाधिक आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने ग्यास छन् । बढी निर्यात हुनेमा भटमासको प्रशोधित तेल, सूर्यमुखी तेल, गलैँचा र अलैँची छन् ।
११%ले आयात र ५७%ले बढ्यो निर्यात
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
सुझावित समाचार
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको …
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
काठमाडाैं । नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकम…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपै…
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदात…
डिप्रोक्स बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
काठमाडौँ/ स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल…