गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने– संविधान र देशको रक्षाका लागि मप्रति देखाउनुभएको भरोसालाई बिर्सिन्न

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत गिरिजाप्रसाद कोइरालाले आफूप्रति देखाएको भरोसालाई कहिल्यै नबिर्सने बताएका छन्।

कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा सामाजिक संजालमा शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दाको फोटो राख्दै प्रचण्डले भनेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि मप्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सनेछैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।’

सुझावित समाचार