पिँढीमा बसेर खाना खाइरहेका पुरुषको मोटरसाइकलको ठक्करबाट मृत्यु

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोती १४ गोरसदीमा घरको पिढीमा बसेर खाना खाइरहेका ६४ वर्षीय मानबहादुर कार्कीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान साढे १० बजेतिर तल्लो डण्डास्थित भित्री सडकखण्डमा डण्डा–कोल्हुवातर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरको मोटरसाईकलले मानबाहदुर कार्कीलाई ठक्कर दिएको हो । 

आफ्नै घर अगाडिको पिँढिमा बसी खाना खाइरहेको अवस्थामा ठक्कर दिँदा घाईते भई उपचारका लागि प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ३ निवासी १८ वर्षीय सुमन महतो घाइते भएका छन् । उनको  अवस्था पनि गम्भीर छ । घाइतेको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

सुझावित समाचार