थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्यो (तस्बिरहरू)

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण
थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्यो (तस्बिरहरू)

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

थापाथली एरियामा मेलम्ची खानेपानी आयोजनाकाे पाइप फेरि फुटेको छ । आज बिहान पाइप फुटेको मेलम्ची खानेपानी आयोजनका प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले बताए ।

केयुकेएलले पानीकाे भल्ब बनाउँदै थियो, त्यसै क्रममा भल्ब बन्द गरेपछि पानीको दबाबका कारण पाइप फुटेको उनले बताए । यसपटक भने तिनकुने र एकान्तकुनातर्फको ‘बास आउट’ खोलिएकाले डुबान हुन पाएन ।

यसअघि गत माघ महिनामा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर बस्ती नै डुबानमा परेको थियो । पाइप फुटेर विशेष अदालत, जिल्ला अदालत तथा वन परिसरतर्फ बगेपछि ती कार्यालय जलमग्न भएका थिए । 

See More On

सुझावित समाचार