माओवादीसँगको एकताले ओली सरकारले काम गर्न पाएन : शंकर पोखरेल

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिवेलाको सरकारले राम्रोसँग काम गर्न नपाएको बताएका छन् । एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा  आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा  उनले भने,  ‘कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो ।’

विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको उनको जिकिर थियो। देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठुला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए।  

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए।  

सुझावित समाचार