मुक्तिनाथ विकास बैंकले सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सहयोग गरेको हो ।
तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी जडान गर्न बैंकले ५१ हजार रुपैयाँबराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संघको पहलमा सञ्चालित अभियानले तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभूति मिल्ने बैंकले विश्वास लिएको छ ।
संघका अध्यक्ष विनय केसी र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले रकम हस्तान्तरण गरेका हुन् ।
साथै, ‘बैंकले नेपालमै टिक्न, सजिलो छ’ भन्ने नारासहित साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।