‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को इकाइमा बिहीबारसम्म आवेदन दिन सकिने

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को इकाइ खरिदका लागि बिहीबारसम्म आवेदन दिन सकिनेछ । फन्ड आकारलाई केही ठुलो बनाउन आवेदन दिने समय बिहीबारसम्मका लागि थप गरिएको क्यापिटलले जनाएको छ । 

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको छ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ दशवर्षे बन्दमुखी योजना हो । फन्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

उक्त फन्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाइसम्म अर्थात् प्रतिइकाइ १० रुपैयाँका दरले एक हजारदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ । म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्राएनपी–आइआर, ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एमसी क्वालिटी–२ रेटिङ प्रदान गरेको छ । 

See More On

सुझावित समाचार