जातीय विभेदमा संलग्नमाथि कारबाही गर्न नेपाली कांग्रेसको माग

बुधबार, २२ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ पत्रिका र कान्तिपुर दैनिकमा मंगलबार प्रकाशित जातीय विभेदका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले छानबिन र कारबाहीको माग गरेको हो । 

विभाग प्रमुख लक्ष्मी परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिनहुँजसो सञ्चारमाध्यममा आउने जातीय भेदभाव र छुवाछुतजन्य घटनाहरूले समग्र समाजलाई लज्जित तुल्याएको छ । दलित समुदायले अझै पनि मानव अधिकारको उपभोग गर्न नपाएको स्थितिलाई समेत हृदयंगम गर्दै माथि उल्लेखित घटनाहरूलाई गम्भीर रूपमा लिई घटनामा संलग्न जोकोही व्यक्ति, परिवार र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याई आवश्यक छानबिन गर्न र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्थासँगै विवाह गर्ने दम्पतीको जीवन रक्षा गर्न–गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’ 

सुझावित समाचार