मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो साढे १० अर्ब लगानी

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

कुमारी, प्रभु, सिद्धार्थ र कृषि विकास बैंकले कुल १० अर्ब ५० करोड लगानी गर्ने सम्झौतापत्रमा गरे हस्ताक्षर

९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा चार बैंकले १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । कुमारी बैंकको अगुवाइमा शुक्रबार लगानीसम्बन्धी सम्झौता भएको हो । 

आयोजनाको प्रवर्द्धक एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको छ । 

हाल चार बैंकबिच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत लगानी भिœयाइने भएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।  
 

सुझावित समाचार