इतिहासमा आज

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

सन् २०२० : चीनले महामारीको रूपमा फैलिरहेको नयाँ भाइरस (जसलाई पछि कोभिड–१९ नामकरण गरियो)को विस्तार रोक्न ९० लाख जनसंख्या भएको वुहान सहरमा लकडाउन लगायो ।

सन् १५५६ : चीनको सान्छीमा गएको आठ रेक्टर स्केलको भूकम्प र त्यसपछि निम्तिएको भोकमरीमा आठ लाख तीस हजारको ज्यान गयो । यो इतिहासकै सबैभन्दा धेरैको ज्यान लिने भूकम्प हो । 

सन् १८४६ : राजा अहमद प्रथम इब्न मुस्तफाले ट्युनिसियामा दासप्रथा अन्त्य गरेसँगै ट्युनिसिया यस्तो कदम चाल्ने पहिलो अरब मुलुक बन्यो । 

सन् १८४९ : न्युयोर्कस्थित जेनेभा मेडिकल कलेज पढेर एलिजाबेथ ब्ल्याकवेल अमेरिकामा मेडिकल डिग्री हासिल गर्ने पहिलो महिला बनिन् । 

सन् १९३३ : अमेरिकाको संविधानको संशोधन गरेर नवनिर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ (कार्यकाल शुभारम्भ) मार्च ४ बाट जनवरी २० मा सारियो । 

सन् १९४६ : सिड्नी डब्लु सुअर्स अमेरिकामा भर्खरै निर्माण गरिएको बाह्य गुप्तचर निकाय सिआइएका पहिलो निर्देशक चुनिए । 

सन् १९५० : इजरायली संसद्ले प्यालेस्टिनी जनसंख्याको बाहुल्य रहेको सहर जेरुसेलमलाई देशको राजधानी घोषित गर्यो । 

सन् १९८१ : अन्तर्राष्ट्रिय दबाबपछि दक्षिण कोरियाको सैन्य शासकविरुद्ध आन्दोलन गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका किम दाय जुङको सजाय २० वर्ष जेलजीवनमा बदलियो । पछि गएर दक्षिण कोरियाका राष्ट्रपति बनेका जुङले सन् २००० मा नोबेल शान्ति पुरस्कारसमेत पाए । 

सन् १९७८ : पृथ्वीको ओजोन तहलाई हानि गर्ने प्रमाणित भएको एरोसोल स्प्रेमाथि स्पेनले प्रतिबन्ध लगाउँदै त्यस्तो कदम चाल्ने पहिलो मुलुक बन्यो । 

सन् १९९६ : कम्प्युटरमा प्रयोग हुने ‘जाभा प्रोग्रामिङ ल्याङ्वेज’को पहलो संस्करण ‘जेडिके १.०’ जारी भयो । 

सुझावित समाचार