गुल्मीको मरभुङमा ६० वर्षीय वृद्ध मृत अवस्थामा फेला

छोराले हत्या गरेको स्थानीयको भनाई

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिका– ८ कालीमाटीका ६० वर्षीय लालबहादुर घर्ती घरनजिक मृत अवस्थामा फेला परेका छन् । घरनजिकै बारीमा ढुंगाले पुरेको अवस्थामा घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता किरणजीवी दाहालले जानकारी दिए ।

स्थानीयले हत्याको आशंका गरेका कारण जिल्लाबाट प्रहरी उपरीक्षक राजन भुजेलसहितको टोली घटनास्थल जाँदै छ । मालिका गाउँपालिका– ८ का वडाध्यक्ष सूर्यबहादुर जिसीका अनुसार हत्या आफ्नै छोरा २९ वर्षीय डमरबहादुर घर्तीले गरेका हुन् ।

यद्यपि, प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, आफूहरूसँग छोराले हत्या स्वीकार गरेको वडाध्यक्ष जिसीले बताए । सबै परिवारले मदिरा सेवन गरेपछि सोमबार राति बाबुछोराबिच विवाद हुँदा बारीमा फालेर कुटपिट गरेपछि मारेर पुरेको सबैको अगाडि छोराले बताएको जिसीले बताए ।

See More On

सुझावित समाचार