चौदण्डीगढीमा स्वास्थ्य शिविरबाट एक हजार बढीले सेवा लिए

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडिया स्वास्थ्य चौकीमा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविरबाट एक हजार बढीले सेवा लिएका छन। चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजना सञ्चालन गरिएको शिविरबाट सेवा लिएका हुन्।

शिविरमा जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसूती रोग सेवा, नाक कान घाँटी रोग सेवा, आँखा उपचार सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, जनरल सर्जनलगायतका सेवा शिविरमा प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। 

शिविरमा आएका बिरामीलाई आवश्यक पर्ने औषधि नगरपालिका र गाईघाट सिटी अस्पतालले निःशुल्क दिएका थिए । शिविरमा भेटिएका थप उपचार गर्नु पर्ने बिरामीहरूलाई गाईघाट सिटी अस्पतालले विशेष छुटका साथ अस्पतालमै बोलाएर सेवा दिने बताएको छ। 

चौदण्डीगढी नगरपालिकाले नगरभित्र अतिविपन्न, असहाय र असक्त लागि भने छुट्टै व्यवस्था गर्ने चौदण्डीगढीका नगरप्रमुख कालुमान लामाले बताए । उनका अनुसार शिविरमा विशेष गरी जेष्ठ नागरिक, महिला र अपांगता भएका व्यक्तिहरूले सेवा लिएका थिए। 

सुझावित समाचार