काठमाडौंबाट १६ जुवाडे पक्राउ

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौंको दुई स्थानबाट १६ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौं–१५ डल्लु नागार्जुन नगरपालिका–३, गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो। 

डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुरसमेत सातजना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–३, गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामासमेत नौजनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरूको साथबाट नगद ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरूको साथबाट नगद  दुई लाख ९९ हजार ७४५  रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।
 

See More On

सुझावित समाचार