एनसिएचएल र सिटिजन्स बैंकबिच अन्तरदेशीय भुक्तानी सम्झौता

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउस (एनसिएचएल)र सिटिजन्स बैंकबिच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । अली पेको नेटवर्कमा आबद्ध सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्न यी दुई संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपालमा रहेको नेपाल पे क्युआर मर्चेन्टमा अली पे नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ । 

एनसिएचएलले अली पेसँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ । यस पहलअनुरूप अब सिटिजन्स बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्न सकिनेछ । 

सुझावित समाचार