प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिरमा कात्तिकमा ६१ हजार १७३ जनाले दर्शन गरेका छन् । ३७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कात्तिकमा स्वदेश तथा भारतका गरी सो संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए ।
असोजमा वर्षा र बाढीपहिरोका कारण तीर्थयात्री प्रभावित भएका थिए । तर, कात्तिकमा पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि तीर्थयात्रीको संख्या उल्लेख्य मात्रामा बढेको हो ।
