बन्चरो प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

तनहुँको भानु नगरपालिका– ८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीया प्रतीक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

See More On

सुझावित समाचार