भरतपुरमा देउसी–भैलो नखेल्न अनुरोध

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

भरतपुर महानगरपालिका– ६ ले यो वर्ष देउसी–भैलो नखेल्न वडावासीलाई अनुरोध गरेको छ। वडाध्यक्ष कृष्णलाल श्रेष्ठले सूचनामार्फत देशको विषम परिस्थिथिका कारण यसपालि देउसी–भैलोजस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।

श्रेष्ठका अनुसार असोज ११ र १२ गतेको अविरल वर्षाले देशमा बाढी र पहिरोजस्ता प्राकृतिक विपत् ल्याएको छ, जसले गर्दा ठुलो मात्रामा जनधनको क्षति भएको छ। उनले भने, ‘देशमा ठूलो विपत् भएको छ, सयौँ मानिसले ज्यान गुमाए, कैयौँ घाइते भएका छन् र धेरै अझै पनि हराइरहेका छन्। यस्तो परिस्थितिमा मनोरञ्जनका लागि खेलिने देउसी–भैलो नखेल्न हामीले सबै संघसंस्थालाई अनुरोध गरेका हौँ ।’

श्रेष्ठले सबै नागरिकलाई यस विषम समयको महत्त्वलाई बुझी सहयोग गर्नसमेत अनुरोध गरेका  छन् । तर, वडाको सहकार्यमा यही वडामा तिहार विशेष लाइभ कन्सर्टको आयोजना गरिएको छ।  

सुझावित समाचार