बेलायतको मुद्रास्फीति तीन वर्षयताकै न्यून

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण

बेलायतको मुद्रास्फीति सेप्टेम्बरमा आश्चर्यजनक रूपमा साढे तीन वर्षयताकै सबैभन्दा न्यून दर (१.७ प्रतिशत)मा झरेको छ। न्यून पेट्रोल मूल्य र हवाई भाडा यसका प्रमुख कारण रहेका सरकारी आँकडाले देखाएको छ।

मुद्रास्फीति बैंक अफ इंग्ल्यान्डको दुई प्रतिशत लक्ष्यभन्दा कम छ, जसले अर्को महिनामा ब्याजदर कटौतीको मार्गप्रशस्त गरेको बिबिसीले जनाएको छ।

सामान्यतया आगामी अप्रिलमा युनिभर्सल क्रेडिटलगायतका लाभहरू कति बढ्छ भन्ने निर्धारण गर्न सेप्टेम्बरको आँकडा प्रयोग गरिन्छ। यसमा व्यक्तिगत स्वतन्त्रता भुक्तानी, उपस्थिति भत्ता, असक्षमता जीवन निर्वाह भत्ता र हेरचाहकर्ताको भत्तालगायत मुख्य असक्षमता लाभहरू समावेश छन्। 

यद्यपि, लाभहरूका लागि १.७ प्रतिशतको वृद्धि अप्रिलको अपेक्षित ४.१ प्रतिशतको स्टेट पेन्सनभन्दा कम हो।

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले पेट्रोल र डिजेलको मूल्य उल्लेखनीय रूपमा कम भएको बताएको छ। गत वर्षको तुलनामा यस  वर्षको अप्रिलमा १०.४ प्रतिशतले घटेको छ।

सुझावित समाचार