एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण
एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

फाइल तस्बिर

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्। पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

प्रस्थान गर्नुअघि ओलीले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कनेछन्।

सुझावित समाचार