जनमत पार्टीका सांसद अब्दुल खानले सुनचाँदी व्यवसायीलाई कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जर्ती र ज्यालाको नाममा व्यवसायीले सिन्डिकेट खडा गरेर ठगिरहेको दाबी गरे।
सांसद खानले भने, ‘अहिले बजार अनेकौँ अनियमितताको सिकार भएको छ। सुनमा जर्ती र ज्यालाको नाममा सुन व्यवसायीहरू सिन्डिकेट खडा गरी मनोमानी रूपमा कार्यविधि बनाई सरकार र श्रमिकहरूलाई खुलेआम ठगिरहेका छन्। समयमै सम्बन्धित निकायबाट सुनचाँदी विधेयक ल्याई कानुनमार्फत समस्याको निकास दिनु आवश्यक छ।’