मूल्यवृद्धि ५.४४ प्रतिशत

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो।

राष्ट्र बैंकका अनुसार गत आवमा आयात १.२ प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

गत आवमा  विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर रु. १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। त्यस्तै शोधनान्तर स्थिति रु. पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो।

गत आवमा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ। गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु. ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु. ५० खर्ब ७४ अर्ब पुगेको छ। रासस

सुझावित समाचार