धादिङको तल्लो बेलुङका १९ घरपरिवार पहिरोको जोखिममा

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

त्रिपुरासुन्दरी गाउँपालिका– ४ तल्लो बेलुङका १९ घरपरिवार पहिरोको जोखिममा परेका छन् । अविरल वर्षाका कारण गाउँभन्दा माथिको भागबाट पहिरो खस्न थालेपछि बस्ती नै जोखिममा परेको हो । 

पहिरोको जोखिमका कारण तल्लो बेलुङका १९ घरपरिवार त्रसित बनेका छन् । गाउँमाथिबाट खस्ने पहिरोले जनधनको क्षति हुने डरमा रहेको मदन श्रेष्ठले बताए । ‘गाउँभन्दा माथिको भागबाट लेदो तथा ढुंगाहरू बग्ने गरेको छ । तल बस्ती भएको कारण जुनकुनै वेला पनि ठूलो क्षति पुग्न सक्छ,’ उनले भने, ‘पूर्वतयारी अपनाउन सकिएको छैन। निम्न तथा मध्यम वर्गका मानिस बसोवास गर्दै आएको बेलुङ गाउँका १९ घर परिवार नै उच्च जोखिममा परेको छ ।’

प्रकोपले निम्त्याउन सक्ने विपत्तिको अवस्था हेरेर तत्काल पूर्वतयारीमा लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘अहिलेसम्म पालिकामा जानकारी गराउनुभएको छैन। पालिकावासीलाई सुरक्षा दिनु हाम्रो जिम्मेवारी पनि हो । जोखिमको अवस्था हेरेर समस्यामा समाधानमा लाग्छ ।’
 

सुझावित समाचार