नवलपुरको मध्यविन्दुमा सर्पले डसेर १४ वर्षीय बालकको ज्यान गयो

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

नवलपुरको मध्यविन्दु नगरपालिका- ६ भण्डारामा एकजना बालकको सर्पले डसेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका- ६ भण्डारानिवासी टोलकुमारी महतोको १४ वर्षीय छोरा आर्यन महतोको सर्पको टोकाइबाट निधन भएको हो ।

आफ्नै घरमा खेल्ने क्रममा आर्यन महतोलाई प्रजाति नखुलेको सर्पले हिजो राति डसेको थियो । बालकको कावासोतीको कालीगण्डकी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बाटोमै उनको निधन भएको र शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

See More On

सुझावित समाचार