हेटौँडा उपमहानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्णबहादुर मिजारले हेटौँडालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र मेयर मीनाकुमारी लामालाई हस्तान्तरण गरेका छन् ।

उपमहानगरको १९ वटै वडाका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप दिएसँगै हेटौँडालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको मिजारले बताए । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले उपमहानगरभित्र रहेका पाँच वर्षमुनिका सात हजार १८५ जना बालबालिकालाई पूर्ण खोप लगाइएको बताए ।

उनका अनुसार नगर क्षेत्रमा खोप लगाउन तयार भएका १५ महिनामुनिका तीन हजार ९४१ जना बालबालिकाको तथ्यांक पनि तयार गरेर राखिएको छ । उनीहरूलाई समय पुगेसँगै खोप अभियानमा समावेश गरिने शाखा प्रमुख तिवारीले बताए । हेटौँडालाई गत चैतदेखि नै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने गरी अभियान थालिएको प्रमुख तिवारीले जानकारी दिए । 

See More On

सुझावित समाचार