प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेलाई संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार हुन चुनौती दिएका छन् ।
शुक्रबार संसदमा बोल्दै उनले माओवादीलाई पाखा लगाएर कसरी संविधान संशोधन हुने रै’छ आफूले पनि हेर्ने चुनौती दिए । प्रचण्डले स्थिरताका नाममा समावेशी र समानुपातिक अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए ।
उनले ठूला दलको यो रवैया साना दलको अस्तित्व समाप्त गर्ने बाटोमा अघि बढेकाे बताए । उनले संविधान संशोधनजस्तो जटिल र संवेदनशील कुरामा खेलाँची नगर्न आग्रहसमेत गरे ।
उनले कांग्रेस–एमालेले इतिहासलाई पछाडि फर्काउन खोजेको आरोप लगाए । आधा आकाशलाई फेरि निगाहमा फर्काउने योजना आफूहरूले सफल हुन नदिने चेतावनी दिए । उनले इतिहासलाई पछाडि फर्काउन खोजेको आरोप लगाए ।