पहिरोका कारण बिपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

अविरल वर्षासँगै आएको पहिरोका कारण बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् । बिपी राजमार्ग बाढी र मदन भण्डारी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

बिपी राजमार्गको काभ्रे जिल्लामा पर्ने माम्ती खोलामा आएको बाढीको कारण र मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिकाको हाकपारामा पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए । 

सडक अवरुद्ध भएका स्थानमा रहेका यात्रु र सवारीसाधन सुरक्षित रहेका छन्, अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

सुझावित समाचार