जीवन विकास र मेटलाइफबीच सम्झौता

सोमबार, २५ असार, २०८१
डिजिटल संस्करण

मेटलाइफ नेपालले मोरङस्थित धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँग साझेदारी गरेको छ । साझेदारीअनुसार कम्पनीले धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ ।

सडकछेउको हरियाली परियोजनाले त्यहाँको वातावरणलाई अझै सुन्दर बनाउने, पारिस्थितिक सन्तुलन बढाउने, हावाको गुणस्तर सुधार गर्ने र स्थानीय समुदायका लागि हरित ठाउँ सिर्जना गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । 

‘हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौँ,’ मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रुख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।’

सुझावित समाचार