एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

शुक्रबार, २२ असार, २०८१
डिजिटल संस्करण
एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एकीकृत समाजवादी)मा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। काठमाडौंमा जारी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो।

बिहीबार सर्वसम्मत अध्यक्ष, सम्मानित नेता र महासचिव चुनेको अध्यक्षमण्डलले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। अध्यक्ष, सम्मानित नेता र महासचिवमा क्रमशः माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले नै निरन्तरता पाएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। बाँकी सदस्य र पदाधिकारी चयन छिट्टै गरिने बताइएको छ।

सुझावित समाचार