नेकपा एमालेका महासचिव शंकर पोखरेलले आवश्यक परे संविधान संशोधन हुने बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक स्थायित्वका लागि आवश्यक परे संविधान संशोधन गर्न सकिने बताए ।
उनले संविधान संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रााष्ट्रिय सहमतिको सरकार बनाउन एमाले–कांग्रेसबीच समझदारी भएकाे उल्लेख गरे।
उनले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिनेसमेत बताए ।