ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनील न्यौपानेले पालेतडा–पादुका खोलाबीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए। 

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ८ किटनीमा बिहीबार साँझ खसेको पहिराेले बाटो अवरुद्ध भएको हो। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए । 

सुझावित समाचार