दाङमा सर्पले टोकेर एकजनाको मृत्यु

बुधबार, १३ असार, २०८१
डिजिटल संस्करण

दाङमा घाँस काट्ने क्रममा सर्पले टोक्दा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर– १९ बाँसगढीनिवासी ५५ वर्षीया पारू चौधरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे ३ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए  ।

सुझावित समाचार