बुद्धिजीवी कार्यकर्तालाई प्रचण्डले भने– शान्ति प्रक्रियापछि तपाईंहरूको विचार बिथोलियो

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि बुद्धिजीवीहरूको काममा गतिरोध देखिएको बताएका छन् ।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धकालीन समयमा हुने  दृष्टिकोणको स्पष्टता, उद्देश्य र विचारप्रतिको निष्ठा अनि संगठनप्रतिको समर्पणमा कमी हुँदै आएको बताउँदै यो समयमा विचलित नहुन आग्रह गरे । यति हुँदाहुँदै पनि संगठनलाई जीवित राख्नका लागि बुद्धिजीवी कार्यकर्ताले गरेको मिहिनेत महत्त्वपूर्ण रहेको उनले बताए । 

राजनीतिक रूपले आफूहरू नयाँ चरणमा पुगेको र आफूले कल्पना गरेको परम्परागत शैलीको जनवाद नआए पनि नयाँ मौलिकतासहितको राजनीतिक परिवर्तन भएको उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशमा भौतिक संरचना, स्वास्थ्य र शिक्षामा सुधार भएको उल्लेख गरे । उनले भने, ‘जनताले अपेक्षा गरेअनुसारको नभए पनि केही हदसम्म सुधार भएको छ ।’

See More On

सुझावित समाचार