गोकुलधामलाई माछापुच्छ्रे बैंकको १० लाख सहयोग

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छिवुडुवास्थित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला)लाई नगद १० लाख सहयोग हस्तान्तरण गरेको छ ।बैंकका तर्फबाट सेयरधनी प्रेमकुमारी केसी, निर्देशक रोशन केसी, बैकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहयोग रकम गोकुलधामलाई हस्तान्तरण गरे । 

पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गोकुलधाममा सडकमा छोडिएका पशुचौपायाको आश्रयस्थल हो । गोकुलधाममा हाल दुई सय ५० भन्दा बढी गाई रहेका छन् । महानगरपालिकाको सडकमा छाडेका पशुचौपायालाई गोकुलधाममा लगेर राख्ने गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग हस्तान्तरण गरेको निर्देशक रोशन केसीले जानकारी दिए । सडकमा छोडिएका पशुचौपायालाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको गोकुलधामलाई व्यवस्थित तवरले सञ्चालन गर्न बैंकले सहयोग गरेको उनले बताए । 

सडकमा छाडिएका छाडा पशुचौपायाका कारण सवारीसाधन सञ्चालनमा अवरोधसँगै दुर्घटनासमेत बढिरहेको अवस्थामा गोकुलधाम सञ्चालनमा आएसँगै सडक सुरक्षामा समेत सहयोग पुगेको केसीको भनाइ छ ।प्रमुख कार्यकारी अधिकृत कोइरालाले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको र सोहक्रममा गोकुलधामलाई सहयोग गरिएको बताए । 

सुझावित समाचार