सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १० अन्डर १३४ स्कोरसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । दुवैले नीरज तामाङ, सुवास तामाङ र एमेच्योर सद्भाव आचार्यलाई तीन स्ट्रोकले पछि पारेका छन् । उमेशले ६ अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड बनाए । दिनेशले ३ अन्डर ६९ मा दोस्रो दिन बुधबारको खेल सकाए ।
समग्रमा ७ अन्डर १३७ स्कोरका साथ नीरज, साबिक विजेता सुवास र एमेच्योर खेलाडी सद्भाव संयुक्त रूपमा तेस्रो स्थानमा रहे । समग्रमा ५ अन्डर १३९ स्कोरसहित तोरणविक्रम शाही र एमेच्योर विजय श्रेष्ठ संयुक्त रूपमा छैटौँ स्थानमा छन् । विजयले २ अन्डर ७० र तोरणले १ ओभर ७३ स्कोर गरे । ४ अन्डर १४० को स्कोर गरेका जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्त रूपमा आठौँ स्थानमा छन् ।
३६ होलको समाप्तिमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन् । भुवनले दिनेशसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहने क्रममा फ्रन्ट र ब्याक नाइन समान ३ अन्डर ३३ स्कोर गरे । उनले फ्रन्ट नाइन र ब्याक नाइनमा समान चार बर्डी प्रहार गरे ।