एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेल नेपालमा हुने

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आगामी वर्ष हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटको प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी १८ मंसिरदेखि ४ पुस (४ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म) काठमाडौंमा प्रतियोगिता सञ्चालन हुने भएको छ। 

यो प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। घरेलु मैदान हुने भएपछि नेपाली टोली लाभान्वित हुने सम्भावना छ । 

प्रतियोगिताका आठ टोलीमध्ये शीर्ष चार टोली  २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्। 

प्रतियोगितामा आइसिसी क्रिकेट विश्वकप लिग– २ मा अन्तिम स्थानमा रहने चार टिम र च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीबिच प्रतिस्पर्धा हुनेछ। 

लिग २ बाट नेपाल, युएई र क्याडा अन्तिम ४ मा रहने टुंगो लागिसकेको छ। यसमा नामिबिया र ओमानमध्ये अर्काे एक टिम थपिनेछ । सबै खेल खेलिसकेको नामिबिया ३३ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने ३२ खेल खेलेको ओमान ३३ अंकसहित चौथो स्थानमा छ। चार खेल बाँकी रहेकाले ओमान नै शीर्ष ४ मा पर्ने सम्भावना छ भने नामबिया नै क्यालिफायरमा आउने बढी सम्भावना छ। 

त्यस्तै, च्यालेन्ज लिग बीबाट इटाली र युगान्डा पनि प्लेअफमा पुगिसकेकाले उनीहरू पनि यो प्रतिस्पर्धामा आउनेछन् । 
अब च्यालेन्ज लिग एबाट आउने दुई टोलीमध्ये जर्सीले विश्वकप क्यालिफायर खेल्ने पक्का भइसकेको  छ भने अर्काे एक स्थानमा कुवेतको सम्भावना छ।   
 

सुझावित समाचार