बागमतीको बजेट मन्त्रिपरिषदबाट पास

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार दिउँसो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थीक वर्षको बजेट पास गरेको छ।

आजको प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेशको आगामी आर्थिक वर्ष ०८१/८२ को अनुमानित आय-व्ययसहितको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्को बैठक सकिएपछि केहीबेरमा बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उक्त बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षकै हाराहारीमा ल्याउने बुझिएको छ। यसअघि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेट प्रस्तुत गर्ने उदेश्यका साथ शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक भने सूचना टाँस गरेर ६ बजेका लागि सारिएको थियो। बजेट भाषण केहीबेरमै सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सुझावित समाचार