विद्युतीय सवारीसाधन (इभी)को आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको छ । वुलिङ इभीका पारखीको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
यो साझेदारीसँगै वुलिङ बिंगो इभीमा सामेल हुन चाहने ग्राहकले नबिल बैंकको वित्तीय सुविधा लिन सक्नेछन् । यसमा सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको ८० प्रतिशतसम्म मूल्यको फाइनान्सिङ सुविधा रहेको छ । ग्राहकले पाँच वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ स्थिर ब्याजदर या आधार दरसँगै प्रिमियम मोडलमा १ देखि ३ प्रतिशत अस्थिर ब्याजदर छनोट गर्न सक्नेछन् ।
साथै, बैंकले व्यक्तिगत कर्जाका लागि भ्याटबिलको ८० प्रतिशसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्स गर्ने भएको छ । अटो लोनको अवधिका लागि बैंकको नीतिअनुसार अधिकतम सात वर्षसम्मको हुनेछ । वुलिङ बिंगो इभीका लागि सहज र सुलभ वित्तीय सुविधा प्रदान गर्न नबिल बैंकसँग साझेदारी गरेको प्यारामाउन्ट मोटर्सले जनाएको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्न वुलिङ बिंगो इभीलाई पहुँचयोग्य बनाउने लक्ष्यमा यो कोसेढुंगा सावित भएको कम्पनीको भनाइ छ ।