मधेश प्रदेश सभामा जनमतकाे अवरोध

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

जनकपुर साेमबारदेखि सुरु भएको मधेश प्रदेश सभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ। करिब दुई महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ।

बैठक सुरु हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो।

सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो।

जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताए। 'त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ,' उनले भने। 

सुझावित समाचार