यसकारण सिकाउनुस् बालबालिकालाई पेन्टिङ

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

- चित्रकला सिर्जनात्मक कार्य हो । यसले बालबालिकाको क्षमता अभिवृद्धिमा सहयोग गर्छ । 

- रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ ।

- चित्रकलाले आँखा र हातबीचको संयोजन राम्ररी विकास हुन सहयोग गर्छ । बालबालिकामा भावनात्मक बौद्धिकता, आत्मजागरण र आत्मविश्वास वृद्धि गर्छ ।

- चित्र कोर्दा यसैमा घोत्लिनुपर्ने भएकाले ध्यानशक्ति बढेर जान्छ । फुर्सदको समय चित्र कोर्ने बानी बसाल्दा तनाव कम हुन्छ र दिमागले नकारात्मक कुराहरू सोच्न पाउँदैन । सिर्जनात्मक क्षमता बढ्छ । 

- समय–समय चित्रकला प्रदर्शनीमा बालबालिकालाई लगेर अन्य व्यक्तिसँग अन्तक्र्रिया गराउँदा उनीहरूको आत्मविश्वास बढ्छ । सामाजिक सर्कल पनि राम्रो 
बन्दै जान्छ । 

- चित्रकला अभिव्यक्तिको एक सशक्त स्वरूप हो । यसले मानिसलाई उनीहरूको भावना र विचार अभिव्यक्त गर्न सहयोग गर्छ । वर्तमानमा रमाउन 
प्रेरित गर्छ । 

- यसले फरक ढंगले सोच्न सघाउँछ । मानिसले पेन्टिङमार्फत आफू र आफ्नो आसपासको दुनियाँलाई गहिरो गरी बुझ्न सक्छ । 

सुझावित समाचार